अन्तत फेरि नयाँ शक्तिमा ठूलो पहिरो गएको छ ।

केही समयअघि छुट्टै भेला गरेर अलग हुने घोषणा गरेका नेता देवेन्द्र पौडेलको नेतृत्वमा रहेको समुहले बाबुराम भट्टराईको नयाँ शक्तिबाट अब औपचारिक रुपमा अलग रहेको घोषणा गरेको छ ।
उनीहरुले नयाँ विज्ञेप्ती जारी गरेर नयाँ शक्ति विभाजन भएको घोषणा गरेका हुन् ।
नयाँ शक्तिमा विगतमा संगठन विभाग प्रमुख रहेका देवेन्द्र पौडेल सहित १७ जनाले नयाँ राजनीतिक कार्यदिशा तय गर्ने र घोषणापत्र तयार गर्ने जनाएका हुन्।
साथै छिट्टै राष्ट्रिय भेला समेत आयोजना गर्ने देवेन्द्र पौडेलद्वारा जारी विज्ञप्तीमा जनाइएको छ। यद्पी पौडेलले राजनीतिक कार्यदिशा भने नयाँ शक्तिकै तय गर्ने जनाएका छन्।







