नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्क बहादुर विश्वकर्मा प्रकाण्डले प्रचण्ड नेतृत्वको माओवादी केन्द्र अपराधिक गिरोहको रुपमा प्रकट हुन थालेको भन्दै त्यस्तो हर्कत रोक्न कडा रुपमा चेतावनी दिएका छन् ।

प्रवक्ता प्रकाण्डले क्रान्तिकारी र क्रान्तिसँग जोरी नखोज्न माकेको अपराधिक गिरोहलाई चेतावनी समेत दिएका छन् ।

राजधानीमा केन्द्रीय सदस्य एवं उपत्यका व्युरो इन्चार्ज माइला लामालाई अपराधिक शैलीमा गिरफ्तार गरेको अर्को दिन आज शनिबार धनुषामा शान्तिपूर्ण कार्यक्रम गरिरहेका आफ्ना नेता कार्यकर्ता गिरफ्तार गरेपछि प्रकाण्डले कडा रुपमा भत्र्सना गर्दै प्रेस विज्ञेप्ती जारी गरेका छन् ।

शनिबार रामवृक्ष यादवको स्मृतिमा धनुषाको बर्मझियामा आफनो पार्टीको शान्तिपूर्ण कार्यक्रम चलिरहँदा माकेको अपराधिक गिरोह र प्रहरी प्रशासनको मिलोमतोमा केन्द्रीय सदस्य सन्देश पौडेलसहित आधा दर्जन नेता कार्यकर्तालाई सशस्त्र प्रहरीले गिरफ्तार गरेको छ ।

माओवादी केन्द्रका नेता मातृका यादवको नेतृत्वमा आएको माकेको अपाराधिक जत्थाले कम्युनिस्ट पार्टीको कार्यक्रममा हस्तक्षेप गर्नुका साथै प्रहरी लगाएर कार्यक्रम विथोल्ने गरेको प्रवक्ता प्रकाण्डको विज्ञेप्तीमा उल्लेख छ ।

प्रवक्ता प्रकाण्डद्धारा जारी विज्ञेप्तीको पूरा पाठ :

 १) हिजो चावहिलमा विद्यार्थी संगठनको कार्यक्रमबाट हाम्रो पार्टीका –काकेन्द्रीय सदस्य तथा उपत्यका ब्यूरो इञ्चार्ज क.माईला लामालाई देउवा–प्रचण्ड गठबन्धन सरकारको गृह प्रशासनले अनाहक अपराधिक शैलीमा कब्जामा लिई सोह्रखुट्टे प्रहरी कार्यालयमा बन्दी बनाएको छ । सरकार र गृह प्रशासनको हाम्रो पार्टीका विरुद्धको जंगली शैलीको हमला निरंकुशताको पराकाष्ठ र आग्रही पूर्वाग्रही मानसिकताको उपज भएको कुरा पुष्टि हुन आउछ ।

२) मधेशका क्रान्तिकारी नेता क.रामवृक्ष यादवको स्मृतिसभा हाम्रो पार्टीले आज वर्मजियामा आयोजना ग¥यो । कार्यक्रम आयोजना स्थलमा आज विहान मञ्चको तयारी गरी राखेको बेला माओवादी केन्द्रका महादेव यादवको नेतृत्वमा आएको समुहले तोडफोड र अवरोध ग¥यो । स्मरण होस् हाम्रो पार्टीका नेता क.सन्देश र माओवादी केन्द्रका विश्वनाथ शाहाबीच भाद्र २ गते २ बजेको समयसम्म हाम्रो पार्टीले र २ बजे भन्दा पछि माओवादी केन्द्रले वर्मजियामा कार्यक्रम गर्ने अग्रिम सहमति भएको थियो । विवाद पछि वर्मजियामा दुवै पार्टीले कार्यक्रम नगर्ने अन्य स्थानमा गर्ने सहमति भयो । हाम्रो पार्टीका कमरेडहरुले वर्मजिया भन्दा पूर्व १ किलोमिटर दुरीको नहर भन्ने ठाउँमा कार्यक्रमको तयारी गर्न थाल्नु भयो ।

माओवादी केन्द्रका मातृका यादव र महादेव यादवको नेतृत्वमा आएको लठेत जत्थाले कार्यक्रम तयारी स्थलमा हाम्रा कमरेडहरुमाथि आक्रमण ग¥यो । मातृका यादव आफैले हाम्रो पार्टीका केन्द्रीय सदस्य तथा जनकपुर ब्यूरो इञ्चार्ज क.सन्देशमाथि आक्रमण गरे । माओवादी केन्द्रको गिरोहको आक्रमणमा परि क.सन्देश पौडेल, क.धमील लगायतका दर्जन भन्दा बढी कमरेडहरु घाईते हुनु भएको छ । त्यसपछि उल्टै जनार्दन प्रहरी प्रशासनले क.सन्देश, केन्द्रीय सदस्य क.देवनारायण शाहा, ब्यूरो सदस्यहरु क.धमिल, क.राजु कार्की, क.लक्ष्मण पौडेल र पार्टी कार्यकर्ता क.आईडियललाई गिरफ्तार गरी तावेला ईलाका प्रहरी कार्यालयमा बन्दी बनाएको छ ।

३) चाबहिलबाट क.माईला लामा र वर्मजियाबाट क.सन्देश, क.देवनारायण शाहा लगायतका कमरेडहरुको गिरफ्तारी देउवा सरकारको जनार्दन गृह प्रशासनको आततायी र फाँसिष्ट चरित्रको पराकाष्ठ हो ।  उक्त गिरफ्तारी र हाम्रो पार्टी कार्यक्रममाथिको आक्रमणको पार्टी घोर निन्दा एवं भत्र्सना गर्दछ । गिरफ्तार कमरेडहरुको शिघ्र रिहाको जोडदार माग गर्दछ ।

४) विना कुनै कसुर कार्यक्रम स्थलबाट गिरफ्तार गर्ने र रामवृक्ष यादव स्मृति सभामाथि आक्रमण गर्ने सरकार र माओवादी केन्द्रको यो रवैया १० वर्षको जनयुद्धका मुल्य मान्यता, क्रान्तिकारी कम्युनिस्ट शक्ति, सच्चा गणतन्त्रवादी, राष्ट्रवादी शक्ति र नेपाली क्रान्तिका विरुद्ध साम्राज्यवादी डिजाईनमा दलाल सरकार र माओवादी केन्द्रको हमला हो । पार्टी यसलाई पुरै खारेज गर्दछ । “मर्ने बेलामा कमिलाको प्वाँख उम्रिन्छ” भने झै दलाल सरकार र माओवादी केन्द्रलाई हाम्रो पार्टी प्वाँख नउमार्न कडा चेतावनी पनि दिन्छ ।

५) क.माईला लामा र धनुषाको वर्मजियामा गिरफ्तार गरिनु भएका क.सन्देश, क.देव नारायण लगायतका कमरेडहरुलाई सरकारले निशर्त रिहा नगरे र आक्रमणकारी तत्व तथा गुण्डागर्दी गर्ने जल्लादहरुमाथि कारबाही नगरे पार्टी सशक्त आन्दोलनमा उत्रिने छ । त्यसको परिमाण के हुन्छ सरकार र माओवादी केन्द्रले अनि थाहा पाउने छ ।

निकम्मा र पराजीत भैसकेको दलाल सरकार र माओवादी केन्द्रले नेपाली जनता, राष्ट्र, कम्युनिस्ट क्रान्तिकारी र नेपाली क्रान्तिसंग जोरी खोज्नु भनेको दुस्साहसपूर्ण मृत्यु बाहेक अरु हुने छैन मात्र आज वा भोली ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार