वैदेशिक रोजगारीमा जाने युवाको संख्या १० वर्षमा झण्डै दोब्बरले बढेको छ । वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार यो अवधिमा रोजगारीमा विदेश जानेको संख्या ९५ प्रतिशतले बढेको हो ।

आर्थिक वर्ष २०६३/६४ मा श्रमस्वीकृति लिएर रोजगारीमा युवाको संख्या दुई लाख चार हजार ५३३ थियो । यो संख्या बढेर आर्थिक वर्ष २०७३/७४ मा तीन लाख ९८ हजार ९७८ पुगेको छ ।

विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०६४/६५ मा दुई लाख ४९ हजार ५१ जना, २०६५/६६ मा दुई लाख १९ हजार ९६५, २०६६/६७ मा दुई लाख ९४ हजार ९४, २०६७/६८ मा तीन लाख ५४ हजार ७१६, २०६८/६९ मा तीन लाख ८४ हजार ६६५ जना रहेका छन् ।

त्यस्तै, आर्थिक वर्ष २०६९/७० मा चार लाख ५३ हजार ५४३, २०७०/७१ मा ५ लाख २७ हजार ८१४, २०७१/७२ मा ५ लाख १२ हजार ८८७ र २०७२/७३ मा चार लाख १८ हजार ७१३ जना श्रमस्वीकृति लिएर रोजगारीका लागि विदेश पुगेका हुन् ।

२०६२/६३ सम्म रोजगारीमा जाने महिलाको संख्या शुन्य !

२०६३/६४ सालदेखी मात्रै रोजगारीका लागि विदेशजानेको लैंगिक आधारमा तथ्याङ्क राख्न सुरु गरिएको विभागका सुचना अधिकारी मोहन अधिकारीले जानकारी दिनुभयो । तथ्याङ्क राख्न थालेपछिको १० वर्षमा रोजगारीका लागि विदेश जाने महिलाको संख्या पनि  बढेको छ ।

तथ्याङ्क राख्न सुरु गरेको आर्थिक वर्षमा श्रमस्वीकृति लिएर तीन सय ९० जना महिला विदेश गएका थिए । याे संख्या बढेर आर्थिक वर्ष २०७३/७४ मा २० हजार ५८३ पुगेको छ । आव २०६४/६५ मा चार हजार ६८५, २०६५/६६ आठ हजार ५९४, २०६६/६७ मा १० हजार ५६, २०७६/६८ मा १० हजार ४१६, २०६८/६९ मा २२ हजार ९५८ जना रहेका छन् ।

त्यस्तै, २०६९/७० मा २७ हजार ७१३, २०७०/७१ मा २८ हजार ९६६, २०७१/७२ मा २२ हजार २८ र २०७२/७३ मा १९ हजार ३०७ जना वैधानिक रुपमा श्रमस्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन् । अधिकारकर्मीहरुका अनुसार पछिल्लो समय सरकारले महिलालाई घरेलु काममा जान र घरेलु काम गरेर फर्केकालाई पुनः श्रमस्वीकृति दिन रोकेपछि अवैधानिक बाटो हुँदै रोजगारीका लागि विदेश जानेको संख्या बढेको छ ।

२३ वर्षमा झण्डै ४८ लाख जनाले श्रमस्वीकृति लिए

संस्थागत रुपमा रोजगारीका लागि विदेश जाने क्रम ३० वर्ष भन्दा अघि देखि चलेपनि आव २०५०/५१ बाट मात्रै तथ्याङ्क राख्न थालिएको हो । तथ्याङ्क राख्न सुरु गरिएदेखि अहिलेसम्म ४७ लाख ७७ हजार ६३४ जनाले श्रमस्वीकृति लिएका छन् ।

तथ्याङ्क राख्न थालिएको वर्ष तीन हजार ६०५ जना रोजगारीका लागि विदेश गएका छन् । आव २०५१/५२ मा दुई हजार १५९, २०५२/५३ मा दुई हजार १३४, २०५३/५४ मा तीन हजार २५९, २०५४/५५ सात हजार ७४५, २०५५/५६ मा  २७ हजार ७९६, २०५६/५७ मा ३५ हजार ५४३, २०५७/५८ मा ५५ हजार २५ जना वैदेशिक रोजगारीमा गएको विभागको तथ्याङ्कमा उल्लेख छ ।

आर्थिक वर्ष २०५८/५९ मा एक लाख चार हजार ७३६, २०५९/६० मा एक लाख ५ हजार ४३, २०६०/६१ मा एक लाख ६ हजार ६६०, २०६१/६२ मा एक लाख ३९ हजार ७१८ र २०६२/६३ मा एक लाख ६५ हजार २५२ जना वैधानिक रुपमा वैदेशिक रोजगारीमा गएका छन् ।

संजिता देवकोटा, उज्यालोबाट ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार