नेपाल कम्युनिस्ट पार्टीको युवा संगठन राष्ट्रिय युवा जनस्वयंसेवककाका राता मान्छेहरुले लमजुङ रंगिएको छ ।

राष्ट्रिय युवा जनस्वयंसेवक लमजुङको प्रथम जिल्ला भेलामा राता मान्छेहरूले रंगिएकाे हाे ।
अाजै सम्पन्न भेलाले कुमार परियारको अध्यक्षतामा १३ सदस्यीय जिल्ला समिति चयन गरेको छ ।
शनिबर लमजुङको बेसीशहरमा सम्पन्न भएको उक्त भेलाको प्रमुख आतिथ्यतामा संगठनका महासचिव विवस राईले र अध्यक्षता कुमार परियारले गर्नुभएको थियो ।
कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा गण्डक ब्युरो इन्चार्ज अस्थाको विशेष आतिथ्यता रहेको थियो भने जिल्ला इन्चार्ज निरु, सचिव सन्तोष, संगठनका गण्डक ब्यूरो संयोजक सुजन, संगठनका केन्द्रीय सदस्य एटमलगाएतको उपस्थिति रहेको थियो ।
संगठनका केन्द्रीय महासचिव तथा कार्यक्रमका प्रमुख अथिति विवस राईले ‘समाजमा भएका सबै खाले विभेद र खराबीका विरुद्धमा युवाहरुलेनै पहल कदमी लिन जरुरी भइसकेको र युवा संगठनले पार्टीको नीति अनुरुप जनतासँग सम्बन्ध जोड्ने रसायनको रुपमा रहेर काम गर्नुपर्ने बताउँदै सबै क्रान्तिकारी युवाहरुलाई दलालहरुका विरुद्ध विष्फोटक बन्ने उर्जा प्राप्त गर्न’ निर्देशनसमेत दिनुभयो ।
भेलाको पूर्व सन्ध्यामा र्याली निकालिएको थियो भने र्यालीले लमजुङ नगर परिक्रमासमेत गरेको थियो ।

राता मान्छेहरू !








