
प्रधानमन्त्री शेरबहादुर देउवाले भारतमा गरेको राष्ट्रघाती सम्झौताको विरोधमा नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले अाज एयरपाेर्टमा कालाेझण्डासहित प्रर्दशन गरेका छन् ।
भारत भ्रमण सकेर अाज मात्रै नेपाल फर्किन लागेका देउवालार्इ विरोधस्वरुप कालो झन्डा देखाउदा कम्युनिस्ट पार्टीका प्रकाश अधिकारी सहित दर्जनौं नेताकार्यकर्ता एयरपोर्टबाट गिरफ्तार भएका छन।
देशघाती र जनघाती सम्झाैता गरेर देउवाले मुलुकलार्इ भुटानीकरण र सिक्कमीकरणतिर लगेकाे भन्दै कम्युनिस्ट पार्टीले विराेध कार्यक्रम गरेकाे हाे ।
भारत भ्रमणका क्रममा ४६ बुँदे संयुक्त वक्तव्यमा उल्लेख भएअनुसार संविधान संशोधन, सुरक्षा र परराष्ट्र मामिलासम्बन्धी विषयहरुभित्रको भारतीय चासोलार्इ देउवाले दिएको वचनलाई हेर्दा नेपालको सार्वभौमिकता र स्वतन्त्रतामाथि नै ठूलाे प्रश्न चिन्ह उब्जिन पुगेको राजनीतिक विश्लेषकहरूकाे राय रहेकाे छ ।
देउवा राती ८ बजे नेपाल अाइपुग्ने बताइएकाे छ ।







