सरकार बाहिर रहेकाे दल राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतका भरियाको भएको गंभीर अाराेप लगाएका छन् ।

राजधानीमा आयोजित कार्यकर्ता भेलामा अध्यक्ष थापाले यस्ताे संगीन अाराेप लगाएका हुन् । थापाले मुलुकको आन्तरिक विषयलाई भारत भ्रमणको क्रममा प्रधानमन्त्री देउवाले बिनाप्रसँग प्रस्तुत गरेको आरोप लगाए ।

‘क्षमा याचना अनुसार यो पटक हाम्रो बहुमत पुगेन अर्को पटक संशोधन गर्छौँ भनेर भन्नु कहाँसम्मको राष्ट्रहित हो?’ अध्यक्ष थापाले भने ।

हालसालै पार्टी फुटको प्रथम शत्रु नै सत्ता रुढदल भएको टिप्पणी गर्दै आएका थापाले भारतको चाहनाअनुसार संविधान संशोधन गछौँ भन्नु स्वाभिमान संसद र सांसदको मात्रै नभएर सिँगो देशको अवमूल्यन भएको जिकिर गरे ।

भारतले चाहेको अभिष्ट पुरा गर्नको लागि प्रधानन्त्री देउवाले आफु हाजिर भएको पष्टि समेत गरेको आरोप लगाए ।

धर्म निरपेक्षता, गणतन्त्र, संघीयता नेपालको एजेण्डा नभएको भन्दै प्रधानमन्त्री देउवाले भारत भ्रमणमा त्यसै अनुरुप आफ्ना अभिव्यक्ति सार्वजनिक गरेको आरोप लगाए।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार