चिनियाँ विदेश मन्त्रालयले भारतीय सेना डाेक्लामबाट पछि हटे पनि आफ्नो सेनाले  भने त्यहाँ गस्ती गरिरहने स्पष्ट पारेको छ।

सोमबारको नियमित पत्रकार सम्मेलनमा बोल्दै विदेश मन्त्रालयकी प्रवक्ता हुआ छुन यिङले चिनियाँ सेनाले दोक्लममा गस्ती गरिरहने बताएको  रोयटर्सले उल्लेख गरेको छ।

सोमबार नै भारतीय विदेश मन्त्रालयले भारत र चीन विवादित दोक्लम क्षेत्रबाट ‘शीघ्र पछि हट्ने’ सहमति भएको र सो प्रक्रिया सुरु भएको जनाएको थियो।

यद्यपि त्यहाँबाट दुवै देशका सेना फिर्ता हुने वा भारतीय सेना मात्रै पछि हट्ने भन्ने कुरा स्पष्ट थिएन।

भारत र चीनबीच ब्रिक्स राष्ट्रको सम्मेलनअघि दोक्लम विवाद हल गर्ने सहमति भएको हो। विगत केही समययता कूटनीतिक वार्ता चलिरहेको भारतीय विदेश मन्त्रालयले बताएको छ।

तर दुवै देशबीच कस्तो सहमति भएको हो, त्यसको पूर्ण विवरण भने आउन बाँकी छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार