उत्तर कोरियाले अहिलेसम्मकै लामाे दुरीकाे ब्यालिस्टिक मिसाइल मंगलवार बिहान जापानी भूमीमा खसालेकाे छ ।

अमेरिका र उत्तर काेरियाबीच लामाेसमय एक अापसमा चेतावनी दिइरहँदा अाज उत्तरले जापानको उत्तरी हकाइदो टापुको करिब ३,००० किलोमिटरसम्मकाे दुरीमा उक्त क्षेप्यास्त्रलार्इ सफलतापूर्वक परीक्षण गरेकाे छ ।
उत्तर कोरियाली क्षेप्यास्त्र जापानी आकाशमा पुगेपछि त्यहाँ सजग गराउने साइरन बजेको थियो र मानिसहरुलाई भुईँतला वा पक्की घरमा लुक्न आग्रह गरिएको थियो।
जापानी प्रधानमन्त्री शिन्जो आबेले उत्तर कोरियाद्वारा गरिएको पछिल्लो क्षेप्यास्त्र परीक्षण ‘अभूतपूर्व, गम्भीर र देशका लागि खतरा’ भएको प्रतिक्रिया दिएका छन्।
उत्तर कोरियाले पछिल्लो समय लगातार क्षेप्यास्त्र परीक्षण गर्दै आएपनि गत आठ वर्षभित्र जापानी आकाशसम्म पुगेको यो पहिलो घटना हो र पछिल्लो परीक्षणले तनाव बढाएको देखिन्छ।
प्योङयाङले हालैमात्रै अमेरिकी मूल भूभागसम्म मार हान्न सक्ने एउटा अन्तरमहादेशीय क्षेप्यास्त्रको सफलतापूर्वक परीक्षण गरेको बताएको थियो। प्याेङयाङले अमेरिकी टापु गुआममा क्षेप्यास्त्र आक्रमण गर्ने चेतावनी दिएको थियो। गुआम दक्षिण-पूर्वी जापानदेखि २,००० किलोमिटर टाढा पर्दछ।
उत्तर कोरियाले गत शुक्रवार र शनिवार सानो दूरीका तीनवटा क्षेप्यास्त्र परीक्षण गरेको थियो।







