नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जनयुद्ध लडेका शक्तिहरुबीच एकताको कुरा गर्नु वाहियात भएको बताएका छन् ।
महासचिव विप्लवले अहिले प्रचण्डसँग एकताको कुनै संभावना नरहेको भन्दै बरु अन्तिममा माओवादी केन्द्र कांग्रेसमा पुगेर विलय हुने बताएका छन् ।
कम्युनिस्ट पार्टीको केन्द्रीय स्कुलिन विभागको आज साेमबार उदघाटन गर्दै महासचिव विप्लवले प्रचण्ड विचारबाट धेरै टाढा पुगेकोले उनीसँग अहिले तत्काल एकता हुन नसक्ने बताए ।
बरु मोहन वैद्य किरण नेतृत्वको पार्टीसँग कुनैपनि विन्दुमा एकता हुने महासचिव विप्लवको भनाई थियो ।
महासचिव विप्लवले अबको लडाइँमा वैचारिक रुपले प्रखर नेता र कार्यकर्ताको जगमा मात्र अबको क्रान्ति जित्न सकिने भएकोले आफ्नो पार्टीले केन्द्रीय स्कुलिन संचालन गर्न थालेको बताए ।
केन्द्रीय स्कुलिन एक हप्ता लामो चल्नेछ ।
पार्टीका स्थायी समिति सदस्य एवं केन्द्रीय स्कुलिन विभागका इन्चार्ज हेमन्तप्रकाश ओली सुदर्शनको अध्यक्षता सुरु भएको कार्यक्रमको संचालन पोलिटव्युरो सदस्य भरत बम रणबीरले संचालन गरेका थिए ।







