भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधन प्रस्ताव फेरि संसद्मा पेस गर्ने अभिव्यक्ति दिएपछि देशभित्र आलोचना सुरु भएको छ।

भारतीय समकक्षी नरेन्द्र मोदीसँग नयाँदिल्लीस्थित हैदराबाद हाउसमा बिहीबार आयोजित संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले सबैलाई स्वीकार्य बनाउन संविधान संशोधन गर्न लागिएको बताएका थिए । उनले अबको संशोधनमा दुई तिहाइ पुग्ने आशा व्यक्त गरे।

उनले भने, ‘हामीले संविधान संशोधन गर्न प्रयास गर्‍यौं। तर, संसद्मा दुई तिहाइ बहुमत पुर्‍याउन सकेनौं र संशोधन हुन सकेन, म आशा गर्छु भविष्यमा दुई तिहाइ पुग्छ र संविधान संशोधन हुन्छ। त्यसपछि सबैले संविधान स्वीकार गर्नेछन्।’ भारतीय पक्षले संविधान सर्वस्वीकार्य बनाउन संशोधन गर्नुपर्नेमा जोड दिँदै आएको छ। सत्तारूढ दलसहित विभिन्न दलका नेता र कूटनीतिज्ञहरूले संविधान संशोधनजस्तो नितान्त आन्तरिक विषयलाई द्विपक्षीय विषय बनाइरहेसम्म नेपाल–भारत सम्बन्ध नसुध्रिने बताएका छन्।

सत्ता साझेदार माओवादी केन्द्रका विदेश विभाग प्रमुख एवं पूर्व परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीको अभिव्यक्तिले लज्जाबोध भएको बताए। ‘प्रधानमन्त्रीले के बोल्ने भन्ने विषयमा ख्याल गर्न सक्नु भएन। त्यसले लज्जाबोध भइरहेको छ,’ श्रेष्ठले नागरिकसँग भने, ‘उहाँ सही रुपमा प्रस्तुत हुन सक्नु भएन। आन्तरिक मामिलामा मित्र देशले अपेक्षा गरेको भन्दा बढी बोल्नुभयो।’

श्रेष्ठले प्रधानमन्त्री देउवाले आफ्नो भूमिका कांग्रेस सभापति वा प्रधानमन्त्री के हो भन्ने विषय छुट्याउन नसकेको बताए। ‘प्रधानमन्त्री वा कांग्रेस सभापति, उहाँले केको प्रतिनिधित्व गर्नुभएको हो,’ श्रेष्ठको प्रश्न थियो, ‘भोलि पनि उहाँ यो देशका प्रधानमन्त्री भइराख्ने हो ?’

एमाले सचिव प्रदीप ज्ञवालीले नागरिकसँग भने, ‘संविधान संशोधन नितान्त आन्तरिक विषय हो। प्रधानमन्त्री देउवाले नेपालको संविधानलाई द्विपक्षीय विषय बनाउन खोज्नुभएको छ। भारतमा यस्तो अभिव्यक्तिबाट प्रधानन्त्रीले अनावश्यक चाटुरकारिता मात्रै नभएर संविधान सं

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार