११ भदौको रात प्रम शेरबहादुर देउवा ४८ सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै भारतबाट फर्किएलगत्तै प्रधानमन्त्री देउवाले आफ्नो ‘भ्रमण पूर्णरुपमा सफल भयो’ भनी दावा ग¥यो । (अन्नपूर्ण–१२ भदौ २०७४) तर त्यही अन्नपूर्णको त्यही अड्ढमा एउटा समाचार छाप्यो –‘भारतीय बुलेटबाट बाहिरिन्छ ३ अर्ब ।’

नेपालमा ल्याउने खाना पकाउने ग्यास (एलपीजी) ढुवानीसमेत भारतकै १० व्यवसायीको हातमा छ । तर नेपाली नम्बर प्लेटका बुलेटलाई स्वीकृति दिइएको छैन । भारतकै कारण राजस्व छली भारतको पाँचदिने भ्रमणबाट फर्केका प्रधानमन्त्री देउवालाई त्रिभुवन विमानस्थलमा उपप्रधानमन्त्री गच्छेदार, सभामुख ओनसरी घर्तीमगर, मन्त्रीहरू गोपालमान श्रेष्ठ आदिले स्वागत गरेको तस्वीर १२ भदौकै ‘नागरिक’ मा छापिएको छ भने त्यही पहिलो पृष्ठमै अर्को समाचार छ –‘भारतीय जीएसटीको प्रभाव, भन्सार राजस्व छली बढ्यो ।’
बिलमा सामान किनेको मूल्य कम देखाएर राजस्व छलेका छन् भने अर्कोथरीले तराईका विभिन्न भन्सारबाट अवैध रुपमा सामान आयात गरेर राजस्व छलेका छन् ।भारतीय ठेकेदारको कारण मेलम्ची अझ पछि त्यही अड्ढमा ‘मेलम्ची अझै अनिश्चित, ठेक्का तोडने तयारी’ शीर्षकमा भनिएको छ – ‘मेलम्ची खानेपानीको मुख्य पाइपलाइन विस्तार गर्ने जिम्मा पाएको भारतीय कम्पनी जेआईटीएफसँगको ठेक्का रद्द गर्ने निर्णय भएको छ ।’ परामर्शदाता दोहा इञ्जिनियरिङ कन्सल्ट्यान्टले भारतीय कम्पनी जेआइटीएफको काम सन्तोषजनक नभएको भन्दै ठेक्का रद्द गर्ने सिफारिस गरेको हो ।
भारतबाट काठ तस्करी १२ भदौकै ‘नागरिक’ दैनिकले छाप्यो –‘भारत र नेपाल सीमावर्ती क्षेत्रमा काठ तस्करी ।’ बर्दिया जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले ठूलो परिणामका सालको काठ बरामद गरेपछि सीमा क्षेत्रमा व्यापक रुपमा काठ तस्करी भइरहेको पुष्टि भएको छ । १२ भदौकै राजधानी दैनिकले ‘भ्रमण सफल भयो’ भन्ने प्रम देउवाको तस्वीर सँगै ‘मोदीको अगाडि–नेपालको संविधानमा संशोधनको रङ्ग पोल्दै गरेको अर्को व्यक्तिको व्यंग्यचित्र ¤’ प्रधानमन्त्री देउवाले भारतीय प्रम मोदीसँग पछि नेपालको संविधान संशोधन गर्ने विषय बोल्नु हुन्थेन भन्ने व्यापक निन्दा गरेको विषयलाई प्रम शेरबहादुर देउवाको टिप्पणी थियो –‘कहाँ के बोल्ने भनेर पनि सोध्नुपर्ने ?’
हो, सोध्नुपर्दैन, तर हरेक राजनैतिक कार्यकर्ताले कहाँ के बोल्ने हो, पहिले नै तालिम लिइसकेको हुन्छ ! नेपालका एकजना बक्सरले अन्तर्राष्ट्रिय खेलमा प्रतिस्पर्धीको जीऊ देख्नासाथै थुचुक्क बसेर आत्म–समर्पण गरेको दृश्य टिभीमा नेपाली दर्शकहरूले हेरेका थिए !!! ‘डुबान समस्यामा पूर्वतयारी र भारतको भूमिकाबारे जलउत्पन्न प्रकोप व्यवस्थापन विभागका महानिर्देशकले लेखे –‘हरेक वर्षजसो नेपालको तराई क्षेत्रमा बाढी र डुबान समस्या देखापर्ने गरेको छ । विशेषगरी भारतले दशगजामा नेपालसँग सम्झौता नै नगरी निर्माण गरेका बाँधका कारण नेपालीको ज्यान जाने गरेको छ भने अरबौं रुपैयाँको क्षति हुने गरेको छ ।(नयाँ पत्रिका – १२ दौ २०७४) ।
भारतलाई खुशी पार्ने अर्को हास्यास्पद तर्क प्रम देउवाले आफ्नो भारत भ्रमणकालको निम्ति वरियताको नियम मिचेर दिल्लीलाई खुशी पार्न पाँच नम्बरेलाई कार्यबाहक सभापति बनाएकोमा नेपाली कांग्रेसमा ‘सानै भूकमप’ आएको बताइयो भने का.वा. सभापति विमलेन्द्र निधिले एमाले ‘नेपालको उत्तर कोरिया भ्रमण आपत्तिजनक’ बताए । (कान्तिपुर १२ भदौ २०७४)
उनको तर्क थियो –‘संयुक्त राष्ट्र संघले नाकाबन्दी लगाएको अवस्थामा त्यसकै सदस्य राष्ट्रका पूर्वप्रधानमन्त्रीले भ्रमण गर्नु आपत्तिजनक छ ।’ जनवादी गणतन्त्र चीनको अधिकारलाई संयुक्त राष्ट्र संघले सदस्यता नदिई ताईवानलाई सदस्य दिइरहेकै बेला धेरै धेरै राज्य र राष्ट्रहरूले पेकिङ सरकारलाई मान्यता दियो ।
अमेरिकाले ६० वर्षसम्म नाकाबन्दी गर्दा हरेक साल राष्ट्रसङ्घको महासभामा क्युवाको नाकाबनदीकोबारे मतदान हुँदा अमेरिका, इजरायल र अन्य २–४ वटा देश विरोधमा हुन्थ्यो र केही देश अनुपस्थित हुन्थ्यो र सयभन्दा बढी देश क्युवाको पक्षमा हुन्थ्यो । यसकारण संयुक्त राष्ट्र संघ के हो, संरा अमेरिका के हो र कुटनैतिक सम्बन्धहरू के कस्तो हुन्छ भन्नेबारे कुस्तीसँग तुलना गर्नु उपयुक्त हुन्न भन्नेबारे शासक दलका कार्यबाहक सभापतिलाई थाहा भएकै होला !







