नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय स्कुलिङ विभागको एक हप्ते स्कुलिङ प्रशिक्षण भाद्र १३ गतेबाट संचालन भइरहेको छ ।

दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजका तीनवटै क्षेत्रमा स्कुलिङ चलाइएको छ ।

पार्टीका स्थायी समिति सदस्य एवं केन्द्रीय स्कुलिङ विभागका इन्चार्ज हेमन्तप्रकाश ओली, पोलिटव्युरो सदस्यहरु भरत बम रणबीर, कृष्ण धमला गंभीर, केन्द्रीय सदस्य गुणराज लोहनीलगायतले स्कुलिङ प्रशिक्षण दिइरहेका छन् ।

दर्शनशास्त्र खासगरी माक्र्सवादी दर्शनबारे स्कुलिङ विभागका इन्चार्ज हेमन्तप्रकाश ओली सुदर्शनले प्रशिक्षण दिइरहेका छन् । राजनीतिक अर्थशास्त्रबारे पोलिटव्युरो सदस्य कृष्ण धमला गंभीर र वैज्ञानिक समाजवादसम्वन्धी पोलिटव्युरो सदस्य भरत बम रणबीरले दिएका छन् ।

त्यसैगरी पाटीै केन्द्रीय सदस्य गुणराज लोहनीले विज्ञान तथा सुचना प्रविधिबारे प्रशिक्षण दिइरहेका छन् ।

केन्द्रीय स्कुलिङ विभागद्धारा देशभरिबाट छानिएका प्रशिक्षार्थीहरुलाई स्कुलिङ ट्रेनिङ दिन यस्तो स्कुलिङ आयोजना गरिएको पार्टी स्कुलिङ विभागले बताएको छ ।

स्कुलिङको उद्घाटन पार्टी महासचिव नेत्रविक्रम चन्द विप्लवले गरेका थिए ।

उद्घाटनमा बोल्दै महासचिव नेत्रविक्रम चन्द विप्लवले जनयुद्धमा मुख्य ध्यान लडाइँमा केन्द्रीत गर्दा वैचारिक पक्ष छुटेकाले अब आफ्नो पार्टीले क्रान्ति सँगसँगै वैचारिक पक्षलाई पनि सँगै जोडेर लैजाने बताए ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार