नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय स्कुलिङमा सहभागीहरु सरसफाईमा जुटेका छन् ।

भाद्र १३ देखि सुरु भएको केन्द्रीय स्कुलिङमा सहभागी प्रशिक्षक र प्रशिक्षार्थीहरु स्कुलिङकै बीचमा सरसफाईमा सहभागी भएका हुन् ।

काठमाडौंको चन्द्रागिरि नगरपालिकाअन्तर्गत दहचोकमा आयोजित कम्युनिस्ट पार्टीको केन्द्रीय स्कुलिङमा रहेका प्रशिक्षकहरुले स्कुलिङ रहेको गाउँ नजिकमा सरसफाईमा जुटेका हुन् ।

कम्युनिस्टहरुले श्रमलाई मायाँ गर्छन् भन्ने कुरालाई व्यवहारमा ढाल्नुपर्छ भन्ने मान्यताका साथ स्कुलिङमा सहभागीहरु सरसफाईमा लागेका हुन् ।

केन्द्रीय स्कुलिङ विभागका इन्चार्ज हेमन्तप्रकाश ओली सुदर्शन, स्कुलिन विभागका सदस्यहरु रणबीर, गंभीरलगायत सहभागी प्रशिक्षार्थीहरु सरसफाईमा सहभागी भएका थिए ।

सरसफार्इमा कम्युनिस्ट पार्टीकाे केन्द्रीय स्कुलिङका सहभागीहरू

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार