|
नेपाली जनप्रगतिशील मोर्चा, बेल्जियम र जर्मनीले बढीपीडितको सहयोगार्थ संकलन गरी पठाएको राहत रकम नेकपा, जनकपुर ब्युरोको आयोजनामा सप्तरीका बाढी पीडितहरुलाई वितरण गरिएको छ ।
सप्तरीका विभिन्न ठाउँमा बाढीमा परी ज्यान गुमाउने पाँच जनाका परिवारहलाई जनही दश हजारको दरले नगद वितरण गरिएको हो । शुक्रबार राजविराजको जेसिस भवनको हलमा एक कार्यक्रमको आयोजना गरि उक्त नगद रकम वितरण गरिएको हो ।
कार्यक्रममा बाढीबाट मृत्यु भएका डोमी यादवकी श्रीमति धना यादव, कमलु सदाका बुवा फुदन सदा, नथुनी रामका छोरा हरेराम राम, रामकुमार सदाका बुवा बेचन सदा र कमल मुखियाकी आमा रामकुमारी मुखियालाई जनही १० हजारका दरले नगद रकम हस्तान्तरण गरेका छन । यसैगरी बाढी पीडित अन्य परिवारलाई पनि चार हजारको दरले राहत वितरण गरिएको छ ।
सप्तरीको कृष्णश्रवन, खिन्तमस्त, महादेव गाउँपालिका अन्तर्गतका बाढी पीडित परिवारहरुलाई राहत रकम वितरण गरिएको हो ।
बाढी पीडित परिवारलाई वितरण गरिएको राहत रकम जम्मा १ लाख ५० हजार रहेको छ । राहत वितरण कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा जनकपुर ब्युरो इन्चार्ज सन्देश पौडेल, केन्द्रीय सल्लाहकार समितिका सदस्य रामलखन महत्तो र बैकल्पीक केन्द्रीय सदस्य देवनारायण शाहको उपस्थिति रहेको थियो ।
मोर्चाले पठाएको बाँकी रकम सप्तरीका अन्य ठाउँहरुमा पनि वितरण गर्ने कार्यक्रम रहेको जनकपुर ब्युरो इन्चार्ज सन्देश पौडेलले जानकारी दिनुभएको छ । सहयोगीहरुको विवरण –
|







