नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द(विप्लव)ले अधिकारका लागि बुन्दुक उठाउन तयार रहेको बताएका छन् ।

कालिकोटको नरहरीनाथ गाउँपालिका–६ माल्कोटमा आयोजित आमसभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । अधिकारका लागि आवश्यक पर्यो भने हामी बुन्दुक उठाउन तयार रहेको तर आफुहरुले युद्धको कुरा नगरेको विप्ललवकाे भनार्इ थियाे ।
‘हामीले कहिल्यै युद्धको कुरा गरेका छैनौं ।’ उनले भने,–‘अधिकारका लागि हामी बुन्दुक उठाउन तयार रहेका छौं ।’
नेपालका कुनै पनि नेता विदेशीको इसरामा चल्ने गरेको दिल्लीको विषेश भूमिका रहेको नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द(विप्लव)ले बताए । ‘यो देशका सबै नेताहरु दिल्लीको इसरा चल्ने गरेको छन् ।’ उनले भने,–‘यो देशका कुनै पनि नेता त्यस्तो जो काठमाडौंबाट चल्ने हिक्मत राख्दैन् ।’
विप्लवले देशमा शान्ति नआएको देशमा अहिले पनि द्धन्द्ध भइरहेको बताए । ‘देशका ठुलाबडाहरुलाई शान्ति भएको होला ।’ उनले भने,–‘यो देशका दलित गरिब सुकुम्बासीहरुको बस्तीमा शान्ति आएका छैन् ।’
नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) र नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले जनतालाई धोका दिएको र उनीहरुलाई जनताले माफ नदिने चन्दले बताए । ‘(प्रचण्ड) र नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले जनतालाई धोका दिएँ ।’ उनले भने,–‘यीनीहरुलाई जनताले माफ दिनेवाला दिने छैनन् ।’
अहिले चुनाव संबिधान आफुहरुले नमान्ने त्यसका बिरुद्ध जनसत्ता ब्युताउने तयारी गरेको चन्दले बताए ।

सभालाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टीका प्रवत्ता खड्कबहादुर विश्वकर्माले जनयुद्धकाल पछि शान्तिमा आउँदा माओवादीसँग हजारौं मानिस भएको र अहिले माओवादी झिंगाले पनि हेर्न छोडेको बताए । ‘माओवादी शान्तिवार्ता आउँदा माओवादीसँग लाखौं मानिस थिएँ ।’ उनले भने,–‘प्रचण्डले जनतालाई धोका दिएँ अहिले माओवादी झिगाले पनि हेर्न छोडेँ । प्रचण्ड माओवादी खस्कदैँ गएको छ ।’
विश्वकर्माले नेपालका कुनै पनि नेता भारतको अक्सिजनबिना बाच्न नसक्ने बताए । ‘भारतले नेपालका नेतालाई नदिने हो भने यिनीहरु कोही पनि बाँच्न सक्दैनन्’ उनले भने ।







