
माअाेवादी केन्द्रद्धारा बेच्न लागिएकाे कार्यालयलार्इ विप्लव नेतृत्व नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताहरुको टोलीले मंगलबार बेलुकी पर्वतमा कब्जा गरेको छ।
नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा पर्वतले माओवादी केन्द्र र वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीको कार्यालय रहेको भवन कब्जा गरेको हो।
पर्वत जिल्लाको सदरमुकाम कुश्माबजार स्थित लभ्लीडाँडामा रहेको प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र र वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) ले संयुक्त रुपमा प्रयोग गर्दै आएको सो पार्टी कार्यालय नेपाल कम्युनिष्ट पार्टीका धौलागिरी व्युरो ईन्चार्ज ध्रुव घिमिरे ‘विप्लव’ को नेतृत्वमा गएको नेकपाको समुहले भित्तेलेखन गर्नुका साथै पार्टी कार्यालय कब्जामा लिएको घोषणा गरेको हो।
विगतमा पार्टी एउटै रहने बेला सवैको श्रम र लगानीमा बनेको पार्टी कार्यालय विक्रि गर्ने र निजिकरण गर्ने प्रयास भएको भन्दै आफ्नो पार्टीले भित्तेलेखन सहित कब्जा गरेको व्यूरो इन्चार्ज घिमिरेले जानकारी दिए।







