आसन्न तेस्रो चरणको स्थानीय चुनाव आउँदै गर्दा मधेका विभिन्न जिल्लामा शक्तिशाली बम विस्फोट भएका छन् ।

गएराती मधेश क्षेत्रमा पर्ने सप्तरी, सिरहा र महोत्तरीका विभिन्न ठाउँहरुमा बम विष्फोट भएकाे प्रत्यक्षदर्शीहरूले बताएका छन् ।

सप्तरीको त्रियुगा डिस्टीलरीमा २ वटा शक्तिशाली बम विष्फोट भएको प्रहरीले जनाएको छ । उक्त डिस्टीलरीले कर छली गर्दै आएको र उद्योगबाट निस्कने फोहोर राम्रोसँग व्यवस्थापन नगर्दा स्थानीयको स्वास्थ्यमा प्रतिकुल असर परेको बताइएको छ ।

यस्तै गरी महोत्तरीको बर्दिवासमा रहेको नगरपालीकाको कार्यालयमा बम विस्फोट भएको छ । बिष्फोटबाट भवनमा क्षती पुगेको छ । उता सिरहाको सगरमाथा उच्च मावि, मिर्चैयामा पनि गएराती सोही समयमा बम विष्फोट भएको छ ।

घटनाको जिम्मा अहिलेसम्म कसैले लिएको छैन ।

इराताेखबरबाट ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार