जनयुद्धका घाइते भएका जनमुक्ति सेनाका घाइते र अपांग योद्धाहरुको जीवन निर्वाहका लागि भक्ता तथा पेन्सनको व्यवस्थासहित निशुल्क औषधी उपचारसहित विभिन्न मागहरु पूर्व जनमुक्ति सेनाको राष्टिय भेला सम्पन्न भएको छ ।

बांकेको कोहलपुरमा सम्पन्न पूर्व जनमुक्ति सेनाका घाइते अपांगहरुको भेलाले संसदीय राजनीतिक दलहरुको लुटतन्त्रले नागरिकहरुको जनजीवन कष्टकर बनेको भन्दै त्यसका विरुद्ध संघर्ष केन्द्रीत गर्न सबैमा अपिल गरेको छ ।
बुधबार सम्पन्न भेलाले प्रेमबहादुर कटुवाल संयोजक र प्रेमबहादुर वयक प्रवक्ता रहनेगरी ११ सदस्यीय केन्द्रीय समिति निर्माण गरेको छ ।
प्रवक्ता वयकद्धारा जारी विज्ञेप्तीमा जनयुद्ध लडेका घाइते र अपांगहरुले अपमानित जीवन बाँच्नु परेको भन्दै त्यसका विरुद्ध आफुहरुले कडा संघर्ष गर्ने उल्लेख छ ।
प्रवक्ता वयकद्धारा जारी विज्ञेप्तीकाे पूरा पाठ :
पुर्व जनमुक्ति सेना नेपालको योगदान , बलिदानले मात्रै राजतन्त्रको अन्त्य गर्न , गणतन्त्र ल्याउन , संविधान सभा निर्वाचनको सुनिश्चितता गराउन , संघीयता , धर्म निरपेक्ष , समानुपातिक समावेशी जस्ता एजेन्डालाई कार्यान्वयनमा ल्याउन सम्भव भएको छर्लङ्ग छ ।
राजनीतिक पार्टीहरू र नेताहरूले सरकारमा पुगेपछि न त मुलुक र जनताको निम्ति उन्नति र प्रगति गर्न सके न त जनमुक्ति सेना नेपालको बलिदान र योगदानको सम्मान नै गरे ! संसदीय राजनीतिक पार्टी र नेताहरूको मनपरि चलिरहेको छ र राज्यकोषबाट लुटतन्त्र भैरहेको छ , भ्रष्टाचारले सिमा नाघिसकेको छ ! नागरिकहरूको जिन्दगी कष्टकर बनिरहेको छ दिनानुदिन ….!
पुर्व जनमुक्ति सेना नेपालका योद्धाहरु अभावमा अपमानित भएर कष्टकर रूपमा छट्पटी रहेकोले पुर्व जनमुक्ति सेनालाई सङ्गठित गरेरै परिवर्तनको निम्ति योगदान र बलिदान गर्ने संस्था योद्धाहरु लाई सम्मानित हुने बाताबरण सृजना गर्न पुर्ब जनमुक्ति सेना , घाइते तथा अपाङ्गता भएका योद्धा , बहिर्गमित सेनाका योद्धाहरुको जीवन निर्बाह भत्ता तथा पेन्सनको व्यवस्था गरि , औसधि उपचार निशुल्क रूपमा सहजरूपमा गर्न सुनिश्चित गर्नुपर्ने , परिचयपत्र , सम्मानपत्र दिएर उनीहरुको बालबालिकाको निम्ति निशुल्क शिक्षा र परिवार हरुको निशुल्क उपचार अनिवार्य गरिनुपर्छ भन्ने मागहरू एकमत रूपमा पास गर्दै व्यापक अन्तरक्रिया छलफलपछि पुर्व जनमुक्ति सेनाहरुको राष्ट्रिय प्रतिनिधि भेला कोहलपुरमा सम्पन्न गरिएको छ ।
२०७४ साल भाद्र २१ गते कोहलपुरमा गरिएको भेला बाट केन्द्रिय संघर्ष तथा समन्वय समिति सर्वसम्मतिले चयन गरिएको छ । संयोजक प्रेमबहादुर कटुवाल र प्रवक्ता प्रेमबहादुर वयक रहने गरि ११ सदस्यीय समिति चयन गरिएको छ । पुर्व जनमुक्ति सेना नेपालका योद्धाहरु जहाकही भएपनि आफ्नो योगदान र बलिदान लाई स्थापित गर्दै सम्मानित हुन अनिवार्य एकजुट हुनुपर्छ ।







