नेपाल कम्युनिस्ट पार्टीकाे नेतृत्वमा बनेकाे ताम्सालिङ स्वायत्त प्रदेश जनप्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्न भएकाे छ ।

कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ को प्रमुख आतिथ्यतामा बुधबार नुवाकोटको ककनी गापाको सिस्नेरीमा बुधबार उद्घाटन भएको थियाे ।

समारोहमा बोल्दै कम्युनिस्ट पार्टीका नेता ओलीले ‘पुरानो सत्ताको विकल्पमा नयाँ सत्ता अगाडि आएको बताए । वर्तमान संसदीय सत्ताले नेता–जनताको बीचमा व्यापक अन्तर पैदा गरेकाले आफूहरुले नयाँ समाजवादी चरित्रको सत्ता अभ्यासमा लागिरहेको बताए ।

नयाँ समाजवादी सत्तामा नेताहरुलाई आवश्यकताअनुसारको दाम र क्षमताअनुसारको काम, जनताहरुका लागि क्षमताअनुसारको काम र कामअनुसारको दामको मान्यता लागु गर्ने नेता सुदर्शनकाे भनार्इ थियाे । कार्यक्रममा केन्द्रीय जनपरिषद्का उपप्रमुख पदम राई, सभाध्यक्ष उमा भुजेललगायतका नेताहरुले जनपरिषद्को गठन र त्यसको औचित्यको बारेमा प्रकाश पारेका थिए।

दोस्रो जनप्रतिनिधि सभाको अधिवेशनले माणिक लामा प्रमुख रहनु भएको ताम्सालिङ स्वायत्त जनसरकार पुर्नगठन गरेको छ । लामाले प्रस्तुत गर्नु भएको नीति तथा कार्यक्रम पारित गर्दै अधिवेशन बिहिबार समापन भएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार