“विसर्जनवाद, अात्मसमर्पणवाद र अराजकतावादका विरुद्ध एकीकृत विद्यार्थी अान्दोलन राष्ट्रियताकाे पक्षमा शैक्षिक भ्रष्टीकरण,दलालीकरण र माफियाकरणका विरुद्ध २२ अाैं जिल्ला सम्मेलन” भन्ने मूल नाराका साथ अखिल (क्रान्तिकारी) दाङको २२ अाैं जिल्ला सम्मेलन भव्य रुपमा सम्पन्न भएको छ ।

नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) दाङकाे २२ जिल्ला सम्मेलनले प्रितिमा चाैधरीकाे अध्यक्षतामा ३३सदस्यीय नयाँ कार्यसमिति चयन गर्दै अाज सम्पन्न भएको हो । जसको उपाध्यक्षमा अनिल केसी, सचिब अम्मर खड्का,सह-सचिब सुरेन्द्र चौधरी, कोषाध्यक्षमा प्रकाश ओलिलाई सर्वसम्मत चयन गरिएको हो ।
हजारौं विद्यार्थीहरुकाे र्यालीसहित दाङ घाेराहीकाे बजारका विभिन्न स्थानकाे परिक्रमासहित भरतपुर मैदानमा उद्घाटन सभा भएको थियो । सभालाई सम्बाेधन गर्दै प्रमुख अतिथि अखिल (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष पूर्ण सिंहले युवा विद्यार्थीहरु राष्ट्रका लागि बलिदान हुन तयार हुनुपर्ने बताउनु भएको छ ।
यहाँका शासकहरुले देशलाई सम्झौताका नाममा विदेशीहरुसामु बेचिरहेकाले राष्ट्रकाे रक्षार्थमा लाग्न सबै विद्यार्थीहरुलाई अाह्वान गर्नुभयो । शेरबहादुर देउवाले भर्खरै भारतमा गरेको सम्झौता राष्ट्रघाती रहेको भन्दै उहाँले तत्काल खारेज गर्न माग समेत गर्नुभयाे । काेशी उच्च बाँध भारतलाई बाध्न दिने, अरुण तेस्रो, पञ्चेश्वर, माथिल्लो कणार्ली लगायत परियोजना भारतलाई सुम्पिने भनेर प्रचण्डले गरेका राष्ट्रघाती सम्झौतालाई शेरबहादुर देउवाले पुन: कार्यान्वयनका लागि गरेको सम्झौताले देशलाई झन् कंगाल हुने भन्दै देशलाई बचाउन विद्यार्थीहरु वर्तमानको खम्बाकाे रुपमा उभिउनुपर्ने उद्घाेष गर्नुभयो ।
संसदीय व्यवस्थामा दलालतन्त्र हावी भएकाले अहिले मुलुकको राजनीति बिग्रिएकाे छ त्यसकारण युवाहरु विदेशीकाे गुलाम बन्ने सपना नदेखि बिगि्रएको मुलुक सपार्न, दलालतन्त्र अन्त्य गर्न, नयाँ इतिहास रच्न, सही राजनीतिकाे मार्गमा लाग्न र पढाइलाई जीवन बदल्ने अभियानसँगै जाेड्न अध्यक्ष पूर्ण सिंहले सम्पूर्ण विद्यार्थीलाई अपिल गर्नुभयो ।
कार्यक्रमलाई सम्बाेधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा राप्ती ब्यूरो इन्चार्ज सुवासले अहिले देश नेपालीहरुकाे हातमा नभई दलालहरुकाे हातमा रहेकाले सबै ठाउँ भ्रष्टीकरण भएको बताउनुभयो । दलालहरुले अाफ्नाे निहित स्वार्थका लागि देशलाई विदेशीहरुकाे हातमा सुम्पिरहेकाे भन्दै त्यसका विरुद्ध इमान्दार कम्युनिस्टहरु, प्रगतिशील राष्ट्रप्रेमिहरु एकजुट भएर लाग्नुपर्ने बताउनुभयो ।
पुरानो संसदीय व्यवस्थामा शैक्षिक क्षेेत्र लगायत हरेक क्षेत्र भ्रष्टीकरण भइरहेकाले शैक्षिक माफिया तथा सबैखाले दलाल, विकृति बेथितिका विरुद्ध एकजुट भएर संघर्ष गर्न र एकिकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवाद स्थापनामा लाग्न अाव्हान गर्नुभयो ।
कार्यक्रममा अखिल नेपाल महिला संघ क्रान्तिकारीका केन्द्रीय अध्यक्ष बन्धु चन्द, अखिल नेपाल शिक्षक संगठनका ५ प्रदेश अध्यक्ष नारायण भण्डारी लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । साथै उद्घाटन सभामा विद्यार्थी कलाकारहरुले अाफ्नाे नृत्य तथा प्रतिभा प्रस्तुत गरेका थिए ।







