मेक्सिकोकाे दक्षिणी तटपारि प्रशान्त महासागरमा ८ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको छ।

अमेरिकी जीओलोजिकल सर्भेका अनुसार उक्त भूकम्पको केन्द्रविन्दु पिजीजीपान शहरभन्दा ८७ किलोमिटर दक्षिण पश्चीममा रहेको र गहिराई ७० किलोमिटर रहेको जनाएको छ।

भूकम्प लगत्तै मेक्सिको, ग्वाटेमाला, एल साल्भाडोर, कोस्टारिका, निकारागुवा, पानामा र होन्डुरसमा सुनामीको चेतावनी दिइएको छ। भूकम्पको धक्का मेक्सिको सिटीमा महसुस गरिएको थियो।

मेक्सिको सिटीमा एक मिनेटसम्म भूकम्पको धक्का महसुस गरिएको विवरणहरुमा जनाइएको छ।

उक्त शहर डुल्न आएका एकजना पयर्टकले रोयर्टस समाचार संस्थासँग भने, “मैलै यति लामो समयसम्म धर्ती हल्लिएको कहिल्यै पनि महसुस गरेको थिइनँ।”

राजधानीका केही भागमा विद्युत् आपूर्ति बन्द भएको छ। यसअघि सन् १९९५ र १९८५ मा मेक्सिकोमा भूकम्प गएका थिए। सन् १९८५ को भूकम्पको केन्द्रविन्दु मेक्सिको सिटी नजिकै रहेको थियो र त्यसका कारण हजारौंले ज्यान गुमाएका थिए।

पछिल्लो भूकम्पलाई तीस वर्ष यताकै सबैभन्दा शक्तिशाली भनिएको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार