नेपाल कम्युनिस्ट पार्टीले अाज शुक्रबार गाेर्खामा सहिद सुरेश वाग्लेकाे १८ अाैं स्मृति सभा सम्पन्न गरेकाे छ ।

गण्डक ब्युराेकाे पहल र जिल्ला पार्टीको अायाेजनामा कमरेड सुरेश वाग्ले(बासु) र भिमसेन पाेख्रेल(बैरागी ) काे १८अाै स्मृति सभा  सदरमुकाममा  सम्पन्न भएकाे हाे ।

कम्युनिस्ट पार्टीका पाेलिटब्युराे सदस्य अाेम प्रकाश पुनकाे प्रमुख अातिथ्यमा सम्पन्न भएको स्मृति सभामा पार्टी केन्द्रीय सदस्य तथा गण्डक ब्युरो ईन्चार्ज अास्था, सहिद बासुका छाेरा दिपक वाग्लेले मन्तव्य राखेका थिए ।

साथै  सहिद बैरागीका भाइ तथा नयाँ शक्ति का जिल्ला संयाेजक रमेश पाेख्रल, नेकपा(क्रान्तिकारी ) माअाेवादीका जिल्ला संयाेजक कृष्ण कट्टेल, बेपत्ता परिवार कि माेतिमाया पाैडेल, नेपाली काँग्रसका जिल्ला सहसचिव नारायण लामिछाने , बुद्धिजीवी तथा मानवअधिकार कर्मि यदु अधिकारी , पार्टीका तनहुँ ईन्चार्ज उभार र सचिव गाेकुल, लमजुङ का पार्टी जिल्ला ईन्चार्ज निरु थापा लगाएतले मन्तव्य राखेका थिए ।

कार्यक्रमकाे अध्यक्षता गाेर्खा जिल्ला ईन्चार्ज याेगेन्द कुमाल, सन्चालन जिल्ला सचिव गाेपाल पाण्डे र स्वागत मन्तव्य मंजु कुमाल(बिना) ले राखेका थिए । कार्यक्रममा प्रमुख अतिथि पुनले नेपालमा क्रान्ति सम्पन्न नभएकोले जारी रहेकाे, जनयुद्धका तत्कालीन नेतृत्व ले गद्दारी गरेकाे, नेपालमा दलाल पुँजीवादकाे असफलता शुरु भैसकेको, सहिद, बेपत्ता र घाइतेहरुकाे सपना क्रान्तिले मात्रै पूरा गर्ने बताए ।

दलाल पुँजीवादी संसदीय ब्यवस्थालाई नेकपाले एकीकृत जनक्रान्तिमार्फत समाप्त पारी वैज्ञानिक समाजवाद स्थापना गर्ने तथा दलाल सरकारले गर्ने कथित चुनाव खारेज गर्ने अभियामा लागेकाे नेता पुनकाे भनार्इ थियाे ।

गाेर्खाकाे निर्माण व्यवसायी संघको सभाहलमा सम्पन्न कार्यक्रममा सहिद परिवारलाई दाेसल्ला अाेडाएर सम्मान गर्नुका साथै चुनु सिल्पा साँस्कृतिक परिवारले सहिद संम्बन्धित कार्यक्रम पनि प्रस्तुत गरिएका थियाे ।

सहिद वासु र बैरागीलाई २०५६ साल भदौ २३ गते तत्कालकाे दलाल सरकारले परिचालन गरेकाे दंगा प्रहरीले गिरफ्तार गरेर हत्या गरेकाे थियाे ।

सहिद वासु र वैरागीकाे स्मृतिसभा

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार