प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारतसामू लम्पसार परेको आरोप लगाएका छन् ।

रिपोर्टर्स क्लब नेपालले महोत्तरीको बर्दिवासमा आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै नेता नेपालले यस्तो आरोप लगाएका हुन् ।

उनले भने,“देउवा र प्रचण्ड दुवै भारतसामू लम्पसार परेका छन्, यो कुरा सारा नेपाली जनताहरुलाई राम्रोसँग थाहा छ।”

क्लबका केन्द्रिय सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा नेता नेपालले उत्तर कोरियाको भ्रमणबारे प्रकाश पार्दै भने,“पार्टीलाई निमन्त्रणा आएको हाईन, माधव नेपाललाई आएको हो, त्यसैले म गएको हुँ ।”

आफू शान्ति, समन्वय र सद्भाव फैलाउन उत्तर कोरिया गएको उनको भनाई थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार