
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवकाे उपस्थितिमा आइतबार काठमाडाैं ध्रुवीकरण कार्यक्रम अायाेजना गरिएकाे छ ।
अायोजित ‘ ध्रुवीकरण सभा’ मा माओवादी केन्द्रलगायत दलहरूका सयौं नेता कार्यकर्ता नेकपामा प्रवेश गर्ने भएका छन् ।
दिउँसाे अपरान्ह १ बजे प्रज्ञा प्रतिष्ठानकोे सभाकक्षमा हुने धु्रवीकरण कार्यक्रमका प्रमुख अतिथि नेकपाका महासचिव विप्लवकाे उपस्थिति रहनेछ ।
ध्रुवीकरणा माकेका दर्जनौं कार्यकर्ता प्रवेश हुने दाबी आयोजकले गरेको छ ।
स्मरणरहाेस् नेपाल कम्युनिस्ट पार्टीले माअाेवादी अान्दाेलनबाट अलग थलग रहेका सयाैं नेता कार्यकर्तालार्इ एक ठाउँमा लिने लक्ष्यका साथ क्रान्तिकारी ध्रुवीकरणलार्इ जाेड दिएकाे छ ।







