आफ्नै नाममा रहेको पूरानो रेकर्ड तोड्दै प्रधानमन्त्री शेरबहादुर देउवाले  जम्बो मन्त्रिपरिषद् बनाएपछि उनकाे देशव्यापी विराेेध र अालाेचना भएकाे छ ।

इतिहासमा देउवा नै यस्ता नेता बने, जसले २० वर्षअघि इतिहासकै सबैभन्दा जम्बो मन्त्रिपरिषद बनाएका थिए । र, आफ्नो नाममा रहेको सो विकृतिको रेकर्ड उनी आफैंले तोडेर इतिहासको एक कालखण्डको खाता बन्द गरेका छन् । त्यसैले भन्नै पर्ने हुन्छ-नेपाली राजनीतिमा विकृतिका संवाहकको बहीखाता तयार हुन्छ भने एक नम्बरमा देउवाकै नाम लेखिनुपर्छ ।

पद, पैसा र पावरका लागि जोसँग पनि सम्झौता गर्ने स्वभावकै कारण देउवा राजनीतिमा टिकिरहेका छन् ।

चारपटक प्रधानमन्त्री बन्दा पनि उनको त्यो सत्तामोह अझ उदात्त बनेर प्रकट भइरहेको बुझ्न सकिन्छ । आफूले भनेको आइजीपी नबनाएवापत उनले किचन क्याबिनेटकै पात्र गृहमन्त्री बिमलेन्द्र निधीलाई समेत बाँकी राखेनन् भने अरुको हबिगत के होला ?

बाढी पीडितले गाँस र बास पाएनौं भनेर रुवाबासी गरिरहेका बेला देउवाले पूर्वपञ्चहरुलाई फुटाएर दीपक बोहोरा जस्ता पात्रलाई मन्त्री नबनाई नहुने भाउँतो किन आइलाग्यो ?

इतिहासले देउवामाथि यो प्रश्न गरिरहनेछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार