जनयुद्धकालीन मुद्दा व्युँताएर प्रहरीले अाफ्नाे नेता कार्यकर्ता गिरफ्तार गरेकोमा नेपाल कम्युनिस्ट पार्टीले कडा रूपमा चेतावनी विराेध र भर्त्सना गरेकाे छ ।

सोमबार इलामबाट ५ जना अाफ्ना  नेता कार्यकर्तालाई जनयुद्धकालीन मुद्दा व्युंताएर आफ्ना कार्यकर्ताहरुलाई देउवा–प्रचण्ड सरकारको प्रशासनले गिरफ्तार गरेकोप्रति नेकपा इलामले पनि घोर भत्र्सना गरेको छ ।

इलाम जिल्लाको माइजोममाई गाउपालिका ४, नामसालिङका तत्कालीन नेकपा (माओवादी) सम्वद्ध गाउँजनसरकार प्रमुख मानबहादुर लिम्बु, स्थानीय जनताहरु क्रमश मानबहादुर राई, विर्खमान राई, दिलबहादुर राई र राम राईलाई गिरफ्तार गरिएकाे छ ।

नेपाल कम्युनिस्ट पार्टी इलामका सेक्रेटरी विवेकले एक प्रेस विज्ञेप्ती जारी गरेर सरकारले जनयुद्धकालीन मुद्धा ब्यँताएर अपराधिक कार्य गरेकाे बताएका छन् ।

यसबैची कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले पनि इलाम घट्नालार्इ द्वन्द भड्काउने खालको षड्यन्त्र भन्दै नरोके कडा संघर्ष गर्ने बताएका छन् ।

इलाम सेक्रेटरी विवेकद्धारा जारी विज्ञेप्तीकाे पूरा पाठ :

 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार