
स्थानीय तहको तेस्रोे चरणको चुनाव नजिकिंदै गर्दा २ नम्वर प्रदेशमा बम विष्फोटका घटना बढ्दै गइरहेका छन् ।
यसैविच रौतहट, चन्द्रनिगाहापुर नगरपालिका २,स्थित फुलबारी बुुथकेन्द्रमा मंगलबार विहान करिब ५ बजेतिर शक्तिशाली बम विष्फोट भएको छ ।
बुथकेन्द्र नजिकै बम विष्फोट हुँदा चुनाव प्रचारप्रसारमा रहेका टोलीहरू आतंकित भएको बताइएको छ । घटनास्थलतर्फ सुरक्षाकर्मीका ३ वटै अंग गइरहेको हाम्रा रौतहट संवाददाताले बताएका छन् ।
बम विष्फोटको जिम्मा हालसम्म कसैले लिएकोे छैन ।
इराताेखबरबाट ।







