तेस्राे चरणकाे स्थानीय निर्वाचन नजिकिदै गर्दा मधेशका विभिन्न क्षेत्रमा लगातार बम बिस्फाेट भइरहेका छन् ।

सोमबार साँझ ७ : ४५ मा महोत्तरी गौशाला ८, बेलगाछिको कुसमाडी मतदान केन्द्रमा शक्तिशाली बम विष्फोट भएको छ । त्यसैगरि सिरहा जिल्लाको लाहान नपास्थित व्यापारी पशुपति चौधरीको पेट्रोल पम्प र निवासको बीचमा शक्तिशाली बम विष्फोट भएको छ । चौधरीलाई नेकपाले कर छली, भ्रष्टाचार, दलाल अनेकौं आरोप लगाउँदै आएको समयमा यो घटना भएको हो ।

उता सर्लाही जिल्लाको बागमती नपाका प्रचण्ड समूहका मेयर पदका उम्मेदवार भरत थापाको निवासमा बम विष्फोट भएको छ । कर्मेयामा भएको सो घटनामा घरका सिसाहरु चकेको बताइएको छ । उता पर्शा, बहुदरमाई नपा १३ को बुथकेन्द्रमा राती ९ बजे शक्तिशाली बम विष्फोट भएको छ । अहिलेसम्म घटनास्थलमा सुरक्षाकर्मीहरुको बाक्लो उपस्थिति रहेको छ ।

त्यसैगरि बाराको सदरमुकाम कलैया २३, हतौडामा रहेको वडा कार्यालय परिसरमा साँझ ८ः३० बजे शक्तिशाली बम विष्फोट भएको छ । विष्फोटका कारण कार्यालयको पर्खाल र निवासको झ्यालका सिसाहरु फुटेका छन् । त्यसैगरी बारा फेटा गाउँपाललिका १, सिसनिया बुथकेन्द्रमा साँझ ८ बजे अर्को विष्फोट भएको छ ।

यसैबीच सोमबार राती पर्सा जिल्लाको बहुधरामाई गाउँपालिका मतदान केन्द्र र विरगञ्ज मनपा ८, आदर्शनगरस्थित संघीय समाजवादी फोरमका वडा अध्यक्षका उम्मेदवार रमाकान्त चौरसियाको घर अगाडि बम विष्फोट भएको छ ।

इराताेखबरबाट ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार