इराताेखबर, विरगञ्ज संवाददाता

चुनाव खारेजी अभियानमा संलग्न नेकपा रौतहट र बाराले जिल्लाका विभिन्न चुनाव बुथकेन्द्रमा बुधबार पनि आक्रमण जारी राखेको छ ।
रौतहट, चन्द्रपुर–१, पौराही बुथकेन्द्रमा राती १० बजे शक्तिशाली बम विष्फोट भएको छ ।
त्यसैगरी बुधबार साँझ नै बारा, पर्सौनी गापा ५, बेङ्गाशाह उच्च मा.वि. बुथकेन्द्रमा ६ः४५ मा अर्को शक्तिशाली बम विष्फोट भएको छ ।
यी घटनाको जिम्मा अहिलेसम्म कसैले लिएको छैन ।







