
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल भाद्र ३१ रोल्पाको थबाङमा हुने एक कार्यक्रममा सम्बोधन गर्न आउने थाह पाए पछि नेपाल कम्युनिस्ट पार्टी रोल्पाले कालो झण्डा देखाउने तयारी गरेको बताइएकाे छ।
पार्टीको थबाङ गाँउपालिकाले आयोजना गर्न लागेको सभालाई सम्बोधन गर्न उनी त्यहाँ जान लागेका हुन् ।
दाहालले थबाङको कार्यक्रमलाई सम्बोधन गर्न आउने जानकारी पाएसँगै नेत्रविक्रम चन्द ’विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले भने कालो झण्डा देखाएर विरोध जनाउने भएको छ ।
नेकपाको स्थानीय प्रतिनिधिले दिएको जानकारी अनुसार सिङ्गो जनयुद्ध र नेपाली जनताको बलिदानबाट प्राप्त राजनितिक उपलब्धीहरुलाई संसदीय दलदलमा फसाएको भन्दै दाहाललाई थबाङ आउन प्रतिबन्ध स्वरुप कालो झण्डा देखाएर अस्वीकार गरिने जानकारी दिएको छ ।







