
नेपाल कम्युनिस्ट पार्टीले राेल्पाकाे थबाङमा विशाल जनसभा सम्पन्न गरेकाे छ ।
बुधवार थबाङमा ५ हजार स्थानीयहरूकाे सहभागितामा जनसभा सम्पन्न भएकाे हाे । पार्टीकाे कलाकार जलजला सांस्कृतिक परिवारका कलाकारहरूले जाेडदार जनवादी गीत र नृत्यहरू प्रस्तुत गरेका थिए ।
ढिलाेगरी प्राप्त समाचारअनुसार साे जनसभालार्इ कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य नन्दबहादुर बुढामगर ‘विजय’ ले संवाेधन गरेका थिए ।
नेकपा रोल्पा सेक्रेटरी जागृतीकाे अध्यक्षतामा शुरू भएकाे जनभेलाकाे सञ्चालन कुमारले गरेका थिए ।








