अनलाइन डबली,

नेपाल कम्युनिस्ट पार्टीकाे अाफ्नै सत्ता रहेकाे नवलपरासी जनपरिषदले मालपोत अधिकृत खगेन्द्रराज घिमिरेलाई भ्रष्टाचारीको आरोपमा कालोमोसो दलेको छ ।

जनपरिषद्ले बिहीबार घिमिरेकै कार्यकक्षमा गएर कालो मोसो दलेको छ । स्थानीयको व्यापक मात्रामा गुनासो र उजुरी आएपछि कारवाही गरिएको जनपरिषद्दारा वितरित पर्चामा भनिएको छ ।

कालोमोसो दलेपछि घिमिरेविरुद्ध नाराबाजी गर्दै जनपरिषद्का कार्यकर्ता बाहिरिएको प्रत्यक्षदर्शीले बताए । जनपरिषद्ले मोसो दल्नुका पछाडि ६ वटा कारण उल्लेख भएको पर्चा मालपोत कार्यलय परिसरमा भेटिएको छ ।

आरोपको पहिलो नम्बरमा सुकुम्वासी आयोगले दिएको जग्गामा किर्ते कागजात बनाई श्रेष्ठता कायम गराउन अधिकृत घिमिरेले सघाएको उल्लेख छ ।

घुस खान मालपोत आउने सेवाग्रहीलाई सुनियोजित रुपमा दुःख दिने गरेको आरोप घिमिरेमाथि लगाइएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार