थवाङ गाउँपालिका अध्यक्ष वीरबहादुर घर्तीलार्इ स्थानीय जनताले नियन्त्रणमा लिएका छन् ।

गाउँपालिका अध्यक्ष भएपछि उनले थबाङमा अपारदर्शी र मनपरी ढंगले काम गर्न थालेपछि उनीप्रित स्थानीयहरूकाे तीव्र असन्तुष्टी थियाे ।

थवाङमै रहेकै बेला उनलार्इ थबाङकै स्थानीयहरूले नियन्त्रण लिएकाे हुन सक्ने स्थानीय प्रहरीले बताएका छन् ।

नेपाल कम्युनिस्ट पार्टीकाे ठूलाे प्रभाव रहेकाे थबाङमा शनिबार मात्र माअाेवादी केन्द्र अध्यक्ष प्रचण्ड जाने कार्यक्रम थियाे । त्याे कार्यक्रमलार्इ लक्षित गरेर प्रचण्डप्रति असन्तुष्ट र अाक्राेशित स्थानीयहरूले घर्तीलार्इ नियन्त्रणमा लिएकाे कम्युनिस्ट पार्टी स्राेतले बताएकाे छ ।

वियोग उपनामले चिनिने घर्ती माओवादी केन्द्रका उवा स्थायी घर भएका स्थानीय नेता हुन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार