इराताेखबर

नेपाल कम्युनिस्ट पार्टीकाे नेतृत्वमा स्थानीयले  सिरहा, सर्लाही र बाराका विभिन्न स्थानमा चुनाव प्रचारमा आएका सवारी साधनमा आक्रमण गरेक छन् ।

गोलबजार नगरपालिका ७, नेपाली काँग्रेसको तर्फबाट वडा अध्यक्षका उम्मेदवार हरिनारायण सिंहले चुनाव प्रचारमा प्रयोग गरिरहेको भारतीय सवारी साधन र बारा गढीमाई नपाका माकेको तर्फबाट मेयरका उम्मेदवार रामबाबु यादवले प्रयोग गर्दै आएको अर्को स्कार्पियोलाई कोल्वी नपा उम्जनमा बम प्रहार गरी क्षति पु¥याइएको छ ।

घटनामा मानवीय क्षति भने भएको छैन । त्यसैगरी बिहिबारनै सर्लाली हरिऔन नपा १०, नयाँसडक चोकमा माकेका तर्फबाट मेयर पदका उम्मेदवार विनोद खनालले प्रयोग गरिरहेको भारतीय नम्बर फलकको स्कर्पियो बाहनमा बम प्रहार भएको छ ।

उता लालबन्दी इप्रकाको ५ सय मिटर दूरीमा अर्को चुनाव प्रचारको बाहनमा आक्रमण भएको छ । यी घटनाहरुले चुनावको सुरक्षा व्यवस्थामै प्रश्न उठेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार