नेपाल कम्युनस्टि पार्टीका केन्द्रीय सदस्य तथा राप्ती ब्युरो इन्चार्ज केशबहादुर बाठामगर ‘सुभास’लाई प्रहरीले गिरफ्तार गरेपछि उनकाे रिहार्इकाे जाेडदार रूपमा माग गरिएकाे छ ।

इन्चार्ज बाठामगरलाई प्रहरीले शुक्रबार गिरफ्तार गरेको नेकपाले जनाएको छ । इन्चार्ज सुभासलाई प्रहरीले शुक्रबार बिहान ८ बजे रोल्पाको कुरेलीबाट गिरफ्तार गरेको हाे ।
यसैबीच नेकपाले राप्ती व्युराे इन्चार्ज सुभासलार्इ गरिएकाे गिरफ्तारकाे घाेर भर्त्सना गैैर्दै तत्काल रिहा गर्न जाेडदार रूपमा माग गरेकाे छ ।
कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य शितलले तुरून्त अाफ्ना नेता रिहा गर्न माग गरेका छन् । यसबैची नेकपा राेल्पा सेक्रेटरी जागृतिले पनि अविलम्ब रिहा गर्न माग गरेका छन् ।
टेलिफाेनमा कुराकानी गर्दै दुवै नेताले व्युराे इन्चार्जलार्इ रिहा नगरेे कडा अान्दाेलन गरिने बताएका छन् ।
यसैबीच अाज राती नवलपरासीमै नेपाल कम्युनिस्ट पार्टीका सेक्रेटरी मंगलसेन र जिल्ला सदस्य पृथ्वीलार्इ प्रहरीले गिरफ्तार गरेकाे छ । उनीहरूलार्इ तत्काल रिहा गर्न नवलपरासी इन्चार्ज पदम केसी जुझारूले अाग्रह गरेका छन् ।







