इराताेखबर
माअाेवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्प कमल दाहाल १८ मिनेट मात्र थबाङ पुगेर फर्किएका छन् ।

थबाङ गाउँपरिषद्को उद्घाटन गरेर उनी थबाङबाट फर्केका छन् । प्रचण्डको साथमा कृष्णबहादुर महरा, वर्षमान पुन र जोगबहादुर बुढा थिए ।
प्रचण्डको सभामा कुरेलीबाट २० जना र उवाबाट १५ जना रोल्पाली सहभागी रहेको स्थानीय रेशम शाहले बताएका छन् । प्रचण्डले निरास मुद्रामा ‘सहिद मार्ग र थबाङमा ढुङ्गा आफैंले छापेको, अपहरण गर्ने र अपहरित हुने पनि हाम्रै हुन् र आफ्नैलाई अपहरण गर्नु राम्रो भएन’ तीन कुरा गरेर फर्केका छन् ।
थबाङका बासिन्दा कोही पनि सहभागी नभएको, नाम मात्रको सभामा सुरक्षाकर्मी मात्रै देखिएको स्थानीय रमेश शाहले बताएका छन् ।
गाउँपालिका भवनको प्राङ्गणमा भएको इतिहासकै दयनीय सभापछि प्रचण्ड रुकुमतर्फ लागेका छन् ।







