नेकपा माओवादी केन्द्रका अध्यक्ष मोहन बैद्य किरणले माओवादी अध्यक्ष प्रचण्ड कम्युनिष्ट नभएको भन्दै उनलार्इ अाफुहरूसँग हाेइन कांग्रेससँग एकता गर्न फेरि पनि सुझाव दिएका छन् ।

बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बैद्यले पूर्व सहकर्मी प्रचण्डको चर्को आलोचना गरे । प्रचण्ड कम्युनिष्ट भएको नाटक गर्न सिपालु भएको वैद्यकाे कडा असन्तुष्टी थियाे ।
‘हामीसँग एकता हुँदैछ भनेर भ्रमको खेती गर्दै हुनुहुन्छ । हामीसँग होइन, कांग्रेससँग मिल्नुस् ।’ उनले पत्रकार सम्मेलनमा भने ।
वैद्यले आफुहरु नेपालमा पुनः क्रान्ति गर्ने पक्षमा रहेको र सच्चा क्रान्तिकारी शक्तिसँग मात्र पार्टी एकत हुन सक्ने बताए । बिप्लव लगायतका शक्तिसँग छलफल भइरहेको उनले बताए ।
मुलुकको राजनीति ३ दलकै सिण्डिकेटमा चलेको भन्दै उनले पश्चगामी राज्यसत्ताले देशलार्इ ध्रुवीकरणतिर लगेकाे टिप्पणी गरे ।







