सरकारले पछिल्लो एक वर्षमा मात्रै ३ अर्ब रुपैयाँभन्दा बढी मूल्यका चारपांग्रे सवारीसाधन खरिद गरेको छ ।

निजी सवारीसाधनमा अधिक कर्जा प्रवाह भइ तरलता अभाव भएको भन्दै सवारी कर्जामा कडाइ गरेको सरकार आफैंले भने अर्बौंको सवारी खरिद गरेको हो । अाजकाे काराेबार दैनिकले लेखेकाे छ ।

बागमती अञ्चलमा मारुती सुजुकीको अल्टोदेखि मार्सिडिज बेञ्चसम्म सरकारी सवारी खरिद गरिएको देखिन्छ । सरकारले आ.व. २०७३–७४ मा बागमती अञ्चलमा मात्र ८ सय ७९ वटा चारपांग्रे सवारीसाधन खरिद गरेको तथ्यांक छ ।

यी सवारीसाधनको औषत मूल्य ३५ लाख राख्ने हो भने सरकारले यो अञ्चलका लागि करिब ३ अर्ब रुपैयाँभन्दा बढीको सवारी खरिद गरेको देखिन्छ । सबैभन्दा धेरै सरकारी सवारी बागमती अञ्चलमा दर्ता हुनेगरी खरिद हुने गरेको छ ।

सरकारी प्रयोजनका लागि कस्तो र कति मूल्यसम्मको सवारीसाधन खरिद गर्ने भन्ने निश्चित मापदण्ड नहुँदा सरकारले १६ लाख मूल्यपर्ने मारुती अल्ट्रोदेखि सवा २ करोड रुपैयाँसम्मका मर्सिडिज बेञ्च खरिद गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार