अनलाइनडबली, संवाददाता ।
नेपाल कम्युनिस्ट पार्टीले रामेछाप जिल्ला विकास अधिकारी (एलडीओ) दिनेशराज पन्तलाई करोडौं रुपैयाँ भ्रष्टचार गरेको आरोपमा कालोमोसो दलेर कारवाही गरेको छ ।

सोमबार बिहान साढे १२ बजेको कार्यकक्षमै पुगेर नेकपाका कार्यकर्ताले कालोमोसो दलेर कारवाही गरेका हुन् । मोसो लागेर पन्तको अनुहार र शरीरको कपडा पूरै कालो भएको छ ।
जिल्लाका विभिन्न सडक निर्माण र विकास योजनामा प्राविधिक र इञ्जिनियरसँग मिलेर ठेक्का काम र स्थानीय उपभोक्ता समूहका फाइल अड्काएर करोडौं रुपैयाँ घुस खाएको उजुरीको आधारमा मोसो लगाएर सचेत स्वरुप पार्टीले कारवाही गरेको नेकपा रामेछापका सेक्रेटरी अभिलाषले अनलाइन डबलीलाई बताए ।
पन्तलाई स्थानीय विभिन्न क्षेत्रका खोला र ढुंगा खानीमा कमिसन लिएर अवैध व्यापार गर्न दिएको, कमिसन खाएर दलाल ठेकेदारलाई जोखिम स्थानमा गिट्टी र बालुवा झिक्न दिइएकालगायत ४ वटा आरोप पन्तमाथि लगाइएको छ ।
हेर्नुस् पन्तमाथि लगाइएको चार आरोपहरुः








