इराताेखाबर, संवाददाता ।

सर्लाहीको हरिऔन नगरपालिका बिलन्दी प्रा.वि.मा रहेको मतदान केन्द्रको मतपेटिका बोकेको सवारी साधनमै बम विष्फोट भएको छ ।

बिलन्दी प्रा.वि.को मतदान केन्द्रबाट मतपेटिका बोकेर नगरपालिकाको कार्यालयतर्फ जादै गरेको सवारी साधनमा उक्त विष्फोट भएको हो । विष्फोटको कारण सवारी साधन क्षति ग्र्रस्त भएको छ ।

विष्फोटपछि प्रहरीले निकै बेर फायरिङ गरेको थियो भने घटनास्थलमा व्यापक प्रहरी परिचालन गरिएको थियो । सोमबार साँझ भएको उक्त बम विष्फोटपछि नेपाली सेनाको हवाई गस्ती समेत गरेको थियो । केही व्यक्ति घाइते भएको बताइए पनि अन्य मानविय क्षति भएको छैन ।

बम विस्फोटको जिम्मा हालसम्म कसैले लिएको छैन ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार