नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य धमेन्द्र बास्तोलाले नेपालका सबै उत्पीडित जातीहरुलाई स्वशासन दिएर मात्र उनीहरुले मुक्ति पाउने बताएका छन् ।

इतिहासमा आफ्नै इतिहास, भाषा, संस्कृति र सभ्यता भएका सबै जातीहरुलाई राज्यले स्वशासन दिएर मात्र मुक्ति पाउने नेता बास्तोलाको भनाई छ ।

कम्युनिस्ट पार्टी निकट जातीय मोर्चा मगर राष्ट्रिय मुक्ति मोर्चाको केन्द्रीय समितिद्धारा आज राजधानीमा आयोजित ‘जातीय मुक्ति र वैज्ञानिक समाजवाद’ विषयक अन्तक्रिया कार्यक्रममा बोल्दै नेता बास्तोलाले सबै उत्पीडित जातीहरुको मुक्ति वैज्ञानिक समाजवादले मात्र हल गर्ने बताए ।

विश्व इतिहासमा कम्युनिस्टहरुको वैज्ञानिक समाजवादले सबै उत्पीडित जातीहरुलाई मुक्ति दिएको तथ्य अगाडि सार्दै नेता बास्तोलाले लेनिनको नेतृत्वमा रुसमा पहिलो पटक स्थापना भएको समाजवादले रुसलाई मात्र नभएर विश्वभरिका उत्पीडित वर्ग र जातीलाई मुक्ति दिएको उदाहरण प्रस्तुत गरे ।

रुसमा स्थापना भएको वैज्ञानिक समाजवादले दिएको अधिकार र मुक्तिपछि विश्वभरिका पुँजीवादीहरुले बाध्य भएर उत्पीडित वर्ग र जातीलाई केही हदसम्म भएपनि अधिकार दिन पुगेको नेता बास्तोलाको जिकिर थियो ।

नेता बास्तोलाले नेपालमा तत्कालीन नेकपा माओवादीको नेतृत्वमा चलेको दश वर्षे जनयुद्धले सबै वर्ग, जाती र क्षेत्रलाई समान अधिकार दिएको तर पछि प्रचण्डको धोका र विश्वासघातका कारण पहिलेका सबै उपलव्धि गुम्न पुगेको बताए ।

अब नेपालमा सबै उत्पीडित वर्ग, जाती र क्षेत्रका जनताको मुक्ति नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा हुने एकीकृत जनक्रान्तिले मात्र हुने नेता बास्तोलाको जिकिर थियो ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार