चीन हुँदै नेपालको एक नाकाबाट अर्को नाका जोड्ने थप सडक खुलाउनेबारे नेपाल र चीनबीच सम्झौता हुँदैछ ।

दुई देशका उच्चस्तरीय वार्ता टोलीबीच बुधबार काठमाडौंमा हुने छलफलपछि सम्झौता हुने भएको हो ।आजको नयाँ पत्रिका दैनिकले लेखेकाे छ ।

त्यसका लागि १३ सदस्यीय चिनियाँ टोली काठमाडौं आइसकेको छ भने १७ सदस्यीय नेपाली टोलीको अन्तिम टुंगो लागेको छ ।

नेपाललाई चीनमा बनेका पूर्वाधार प्रयोग गर्न दिन चिनियाँ उच्च नेतृत्व सकारात्मक रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।

विशेषगरी चिनियाँ राजमार्ग प्रयोग गरेर नेपालको हिमाली जिल्लामा पनि सामान ढुवानी गर्न दिनेबारे चीनले उच्च प्राथमिकता दिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायरले बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार