संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई उत्तर कोरियाविरुद्ध आणविक युद्धमा नजान चेतावनी दिएका छन् ।

राष्ट्रसंघको २०१७ को साधारण सभाको सुरुवाती सम्बोधनमा गुटेरेसले यस विषयमा गम्भीर नबने ‘घातक भ्रम’ उत्पन्न हुनसक्ने बताए ।

‘अहिले स्टेट्स्म्यानसिपको परिचय दिनुपर्ने समय हो,’ गुटेरेसले थपे ।

उत्तर कोरियाले केही समयदेखि निरन्तर रुपमा गर्दै आएको आणविक हतियार तथा मिसाइलहरुको परिक्षणको विषयलाई लिएर राष्ट्रपति ट्रम्पले राष्ट्रसंघको सभाको आफ्नो सम्बोधनमा राष्ट्रसंघलाई इतिहासमा ‘तमासा हेरेर बसेको संस्था’ नबन्न चेतावनी दिने अमेरिकी सञ्चार माध्यमहरुले समाचार दिएका थिए ।

उक्त समाचारको प्रतिक्रियास्वरुप महासचिव गुटेरेसले राष्ट्रपति ट्रम्पलाई ‘तनाव बढ्दा नै भ्रमहरुको खेती हुनसक्ने’ चेतावनी दिएका हुन् ।

द इन्डिपेन्डेन्ट

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार