नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट मजदुरहरुले पशुपती फुड्स प्रा. लिको कमल पोखरी स्थित होटल आँगनमाथि कार्वाही गरेका छन् ।

होटलमा कार्यरत मजदुरहरुलाई बिनाकारण निश्कासन गरेको, मजदुर संगठनमा आवद्ध दर्जनौं सदस्यहरुलाई जर्बजस्ती निश्कासन गरेको लगायत थुप्रै कारण देखाई विप्लव नेतृत्वको मजदुर संगठनले होटलमाथि कार्वाही गरेको बताएको छ ।

अखिल नेपाल क्रान्तिकारी टेड युनियन महासंघद्धारा जारी एक प्रेस विज्ञेप्तीमा यस्तो कुरा उल्लेख गरिएको छ ।

हाललाई सानो स्तरको कार्वाही गरिएको तर अझै संगठनलाई अटेर गरे झनै उच्च स्तरको कार्वाही गरिने संगठनले विज्ञेप्तीमा उल्लेख गरेको छ ।

संगठनले हाेटल अाँगनमाथि कार्वाही गर्नुका यस्ता छन् कारणहरू –

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार