
अमेरिकी नेतृत्वमा संयुक्त राष्ट्रसंङले उत्तर काेरियामाथि थप प्रतिबन्ध लगाएको चौबिस घण्टा नवित्दै उसले अर्काे फेरि शक्तिशाली अाणविक बम परीक्षण गरेको छ ।
स्मरणरहाेस् उत्तर कोरियाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो अभिव्यक्तिलाई लिएर आपत्ति जनाउँदै फेरि हाइड्रोजन परीक्षण गर्ने चेतावनी दिएको थियो ।
अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार शनिबार उत्तर कोरियाले शक्तिशाली परीक्षण गरेको छ । उत्तर कोरिया र प्रशान्त महासागरमा शक्तिशाली भूकम्प गएको बताइएको छ ।
उत्तर कोरियाले यसअघि होइड्रोजन बम परीक्षण गरेको क्रममा जस्तै शक्तिशाली भूकम्प गएको छ । भूकम्पको कम्पनलाई हेर्दा परीक्षण हाइड्रोजन बम हुन सक्ने अनुमान गरिएको छ ।
यो विषयमा उत्तर कोरियाले आधिकारिक रुपमा पुष्टि गरेको छैन । पछिल्लो पटक चीनले अमेरिकालाई सहयोग पुग्ने गरी उत्तर कोरियामाथि तेल प्रतिबन्ध लगाएको छ ।







