नेपाल कम्युनिस्ट पार्टीका अन्तराष्ट्रिय व्युरो इन्चार्ज धर्मेन्द्र बास्तोलाले उत्तर कोरियाले आफ्नो आत्मरक्षाका लागि निर्माण गरिरहेको आणविक हतियार न्यायपूर्ण र जायज भएको बताएका छन् ।

नेता बास्तोलाले उत्तर कोरिया विरुद्ध अमेरिका र राष्ट्रसंघले लगाएको नाकाबन्दी अमानवीय भएको भन्दै यसका विरुद्ध विश्वभरिका न्यायप्रेमी जनताले आवाज बुलन्द गर्नु पर्ने बताए ।

नेपाल कम्युनिस्ट पार्टीद्धारा राजधानीमा आयोजित एक अन्तक्रिया कार्यक्रममा नेता बास्तोलाले यस्तो बताएका हुन् ।

‘आत्मस्वाभिमान र राष्टिय स्वाधिनताका लागि उत्तर कोरियाले आणविक बम निर्माण गर्न पाउनु जायज नै हुन्छ । हाम्रो पार्टी उत्तर कोरियालाई साथ दिन्छ ।’ उनले भने- ‘अमेरिकाले गरेको अन्यायपूर्ण युद्धका विरुद्ध हामीले उत्तर कोरियाले गरेको न्यायपूर्ण युद्धलाई नैतिक समर्थन गर्छौ ।’

नेकपाका स्थायी समिति सदस्य समेत रहेका नेता बास्ताेलाले अमेरिका विरूद्ध उत्तर काेरियाले शुरूमा नै हतियार चलाउनु न्यायपूर्ण हुने समेत बताए ।

कार्यक्रममा माअाेवादी केन्द्रका नेता सुरेश अालेमगर, क्रान्तिकारी माअाेवादी नेता हस्तबहादुर केसी, नेकपा मालेका महासचिव सीपी मैनालीलगायत नेताहरूले उत्तर काेरियाकाे पक्षमा एेक्यबद्धता जाहेर गरेका थिए ।

 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार