अमेरिकी साम्राज्यवादविरुद्ध तर उत्तर कोरियाका पक्षमा नेपालका क्रान्तिकारी कम्युनिस्टदेखि बुद्धिजीविहरु एक ठाउँमा उभिन आइपुगेका छन् ।

राजधानीमा नेपाल कम्युनिस्ट पार्टीले जनवादी गणतन्त्र कोरियाविरुद्ध अमानवीय नाकाबन्दी र विश्व शान्ति विरुद्ध हमला विषयक अन्तक्रिया कार्यक्रममार्फत नेत्र विक्रम चन्द विप्लव नेतृत्व नेपाल कम्युनिस्ट पार्टीदेखि, माओवादी केन्द्र, वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी, सीपी मैनाली नेतृत्वको नेकपा माले, ग्रेटर नेपाल, बुद्धिजीविहरुले उत्तर कोरियाका पक्षमा ऐक्यबद्धता जाहेर गरेका छन् ।
उत्तर कोरियाविरुद्ध अमेरिका र संयुक्त राष्टसंघले चालेको नाकाबन्दी अमानवीय र अपराधिक कार्य भएको भन्दै नेपाल कम्युनिस्ट पार्टीका अन्तराष्टिय व्युरो इन्चार्ज धर्मेन्द्र बास्तोलाले अमेरिकी साम्राज्यवाद नै अशान्तिको मुख्य कारकतत्व रहेको बताए ।
माओवादी केन्द्रका नेता सुरेश आलेमगरले अमेरिकाले चालेको अहिलेको कदम अन्यायपूर्ण भएको भन्दै उत्तर कोरियालाई सबैले साथ दिनु पर्ने बताए ।
क्रान्तिकारी माओवादीका नेता हस्तबहादुर केसीले उत्तर कोरियाको पक्षमा नेपालका सबै कम्युनिस्टहरुले दह्रो साथ दिनु पर्ने बताए ।
नेकपा मालेका महासचिव सीपी मैनालीले उत्तर कोरियाले आफ्नो जीवन रक्षाका लागि चालेको कदम न्यायपूण भएको भन्दै उत्तर कोरियाको पक्षमा ऐक्यबद्धता मंच बनाउनु पर्ने बताए ।
ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपालले पनि उत्तर कोरियाको पक्षमा ऐक्यबद्धता फोरम बनाउनु पर्ने प्रस्ताव राखेका थिए ।
वाम बुद्धिजीवि डा सुरेन्द्र केसीले पनि उत्तर कोरियाले चालेको कदमलाई समर्थन गर्नुपर्ने बताए ।

नेकपा नेता धर्मेन्द्र बास्ताेला

माअाेवादी केन्द्रका नेता सुरेश अालेमगर

क्रान्तिकारी माअाेवादी नेता हस्तबहादुर केसी

माले महासचिव सीपी मैनाली

ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपाल

बुद्धिजीवि डा. सुरेन्द्र केसी







