रोजगारीको लागि दक्षिण कोरिया गएका ३ जना नेपालीको शृंखलाबद्व रुपमा मृत्यु भएको छ।

गत शनिबार  कोरियाको खान्ग्वन्दो स्थित एक बुन्गुर फारममा कार्यरत गुल्मीका ऋषिराम भण्डारी आफ्नै कम्पनिको  आवास कोठामा  सुतिरहेको अबस्थामा मृत भेटिएका छन्। शुक्रवार  राम्रै अबस्थामा सुतेका भण्डारी अर्को दिन बिहान अबेर सम्म नउठेपछि संगैका साथीले उठाउने कोशिस गरेका थिए ।

कोरिया कार्यकालको  एउटा अबधि समाप्ति पछी पुन कोरिया आएका ४७ बर्षिय मृतक  भण्डारी करिब  ८ बर्ष दखि कोरियामा कार्यरत थिए।

सम्पूर्ण प्रक्रिया पुरा भैसकेकोले उनको शबलाइ केही दिनमै नेपाल पठाउने तयारीमा रहेको दुतावास श्रोतले जनाएको छ। त्यस्तै गत सोमबार, करिब ४ महिना अघि  कोरिया  आएका गुल्मी स्थायी घर भई बुटवलको नयाँगाउ बस्दै आएका कमल कार्कीले आत्महत्या गरेको भोलिपल्ट मंगलबार  औद्योगिक दुर्घटनामा अर्का नेपालीको मृत्यु भएको छ।

कोरियाको इन्छनको  स्थित एक कम्पनीमा कार्यरत प्युठानका अर्जुनराम केसीको औद्योगिक दुर्घटनामा परी मृत्यु भएको दुतवासले जनाएको छ। कम्पनीमा कार्यरत एक सहकर्मीले भुलवश मेसिन चलाएपछि उक्त दुर्घटना हुन पुगेको बताइएको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार