लामाे समय दशै टीका बहिष्कार गरेका  माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले झण्डै २२ वर्षपछि दशैंको टीका लगाएका छन् ।

प्रचण्डले मामा ससुराको हातबाट लाजिम्पाटस्थित निवासमा दशैंको टीका जमरा लगाएका हुन् । त्यसपछि उनले पत्नी सिता दाहाललाई टीका लगाइदिए । सिता दाहालले भने छोरा बुहारी, छोरी ज्वाइँ, नाती, नातिनालाई टीका लगाइदिएकी थिइन् ।

यसअघि प्रचण्डको सचिवालयलेे नै दशैंमा टीका नलगाउने र पारिवारिक भेटघाट गरेर रमाइलो गर्ने कार्यक्रम रहेको बताएको थियो । तर, प्रकाश दाहालले फेसबुकमा  परिवारका सबै सदस्यहरुले दशैंको टीका लगाएको फोटो सार्वजनिक गरेर सरप्राइज दिएका छन् ।

हेराैं बाँकी प्रकाश दाहालले फेसबुकमा सार्वजनिक गरेका तस्बीरहरू :

प्रचण्डकाे दशै

प्रचण्डकाे दशै

प्रचण्डकाे दशै

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार