नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले एमाले र माअाेवादी केन्द्रबीच चुनावी तालमेलसँगै हुने भनिएकाे एकतालार्इ पुँजीवादका गुलामीहरूकाे एकताकाे संज्ञा दिएका छन् ।

निकै घुमाउराे भाषाबाट एमाले माके एकता प्रसँगलार्इ महासचिव विप्लवले संसदीय व्यवस्थाकाे वरिपरि घुम्नेहरूले देशलार्इ कहिल्यै मुक्ति नदिने बताएका छन् । देशकाे संकटकाे मुख्य कारक दलाल पुँजीवादी संसदीय व्यवस्था भएकाे विप्लवकाे भनार्इ छ ।

मंगलबार सामाजिक संजाल फेसबुकबाट स्टाटस लेख्दै महासचिव विप्लवले हरेक क्रान्तिकारीहरूले संसदीय व्यवस्थाका विरूद्ध विद्राेह गर्न संसदीय व्यवस्थाका वरिपरि रहेकाहरूलार्इ अाग्रह गरेका छन् ।

महासचिव विप्लवले सामाजिक संजाल फेसबुकमा यसरी लेखेका छन् :

‘नेपाल देश र नेपाली जनता पराधिन, अपहेलित, गरिब, उत्पीडित हुनुको कारण दलाल पूँजीवादी संसदीय सत्ता हो । यसको समाधान पूँजीवादी, संसदवादी लुटेरा, हत्यारा सत्तामुनि सुतुरमुर्गे तालले टाउको घुसारेर संभव छैन । देशलाई स्वाधिनता र जनतालाई मुक्ति त्रान्ति र वैज्ञानिक समाजवादले मात्र दिन सक्छ । दलाल संसदीय व्यवस्था वरिपरि घुम्ने व्यक्ति, वर्ग र पार्टी कमजोर हौंन या ठूलो हौन ती अन्ततः पूँजीवादका गुलाममा परिणत हुन्छन् । तीबाट देशको स्वाधिनता र जनताको मुक्ति खोज्नु आफ्नै भविष्यलाई अन्धकारतिर धकेल्नु हो । हरेक कम्युनिष्ट, देशभक्त र लोकतन्त्रवादीले दलाल संसदीय व्यवस्था विरुद्ध विद्रोह गर्ने वेला आइ सकेको छ । सन्नीकट क्रान्तिलाई कसैले छेक्न सक्ने छैन ।’

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार